सिनेमाघरमा ‘सम्झना-बिर्सना’

काठमाडौं,
असार ३१ ।

त्रिकोणात्मक प्रेमकथानक चलचित्र ‘सम्झना-बिर्सना’ आज शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रले प्रदर्शनको पहिलो दिन देशभरका हलमा उत्साहजनक ब्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ ।

निमेष प्रधानको लेखन र निर्देशनमा बनेको चलचित्रमा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मज्दुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमीकताका साथ प्रस्तुत गरिएको छ ।

अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माण रहेको चलचित्रमा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् । उनीहरूबीचको सम्बन्ध, प्रेम र समग्र जीवनमा आउने उचातचढावलाई रोमाञ्चक तवरले केलाइएको चलचित्रमा छुल्ठिम गुरुङ, सुनील थापा र शिसिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।

देशभरका करिब एक सय स्क्रिनमा प्रदर्शन भइरहेको चलचित्र दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै लेखन रहेको चलचित्र शिब ढकालले खिचेका हुन् ।

आरआर फिल्मस्ले बितरण गरेको चलचित्रको ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत केही सातासम्म निरन्तर ट्रेन्डिङमा रहिरह्यो । निर्माण पक्षले चलचित्रको शीर्ष गीत-सम्झना बिर्सना केही दिनमै दर्शकमाझ ल्याउने तयारी गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार