काठमाडौं,
असार २८ ।
नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डको दोस्रो संस्करणका लागि आवेदन आह्वान गरिएको छ । क्रियटिभ ईन्साइट मिडिया प्रालि र रोज शिप बिकाश तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा गतवर्षदेखि सुरु भएको सौन्दर्यकर्मीहरू, फेसन मोडल तथा फेशन डिजाईनरहरूको लागि ‘दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९’ यस बर्ष पनि हुने भएको हो ।
सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसायसँग आबद्ध सम्पूर्ण विधा–मेकअप, हेयर, नेल, फेसियललगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड गर्न लागिएको रोज शिप बिकाश तालिम केन्द्रको अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराउनुभयो ।
अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिने तथा सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
अवार्डको यो दोस्रो संस्करणका लागि आबेदन फर्म भर्न चाहने इच्छुक सौन्दर्यकर्मी, पार्लर, कस्टमेटिक ब्यबसायी, फेसन मोडल तथा फेसन तथा बुटिक ब्यबसायीहरूले काठमाडौंको रविभवनमा रहेको रोज शिप बिकाश तालिम केन्द्रको कार्यालयमा फारम भर्न सकिने आयोजकले जनाएको छ ।






