सकियो ‘हिँड्दा-हिँड्दै’

काठमाडौं,
असार २७ ।

चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ । मिलन आले मगर निर्देशीत चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा हुनुहुन्छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा हुनुहुन्छ । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्रमा लीलामान तण्डुकारको छायाँकन छ ।

चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको सङ्गीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ ।

आरआर फिल्मस्ले बितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दावी निर्देशक आलेको छ । पोस्ट प्रोडक्शन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनीक गर्ने निर्माता पंगेनीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार