ध्रुव र ममताको स्वरमा ‘तिमी र म…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २७ ।

दिया प्रोडक्शनको प्रस्तुति रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ। डिपि खनालको शब्द, ध्रुव विश्को र ममता गुरुङको स्वर ध्रवकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विश्कोको नै निर्देशन रहेको गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा, सोफि धरेल र बाल कलाकार एरिका रावलको अभिनय देख्न सकिन्छ । दिनशोन शाहको दृश्य सम्पादन, सौरभ लामाको छायांकन रहेको भिडियोलाई श्याम ग्याम्बोले ले निर्माण गर्नुभएको हो ।

सार्वजनिक गीतको भिडियोमा लामो समय सम्मको प्रेम सम्बन्ध र त्यसपछि बिछोड हुँदाको कथासँगै अहिलेको नेपाली समाज चित्रण गरिएको छ । गीतको भिडियो दिया प्रोडक्शनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार