काठमाडौं,
असार २५ ।
साहित्यकार सुशीला पौडेलका नविनतम दुई कृति एकसाथ लोकर्पण गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमबीच पौडेलका नविनतम दुइ कृति ‘मनुषी’ (मुक्तकसङ्ग्रह’ र ‘खुसीविनाको मुस्कान’ (गजलसङ्ग्रह’ लोकर्पण गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता, नेपाली भाषा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरू चुडामणि देवकोटा, दिनेश अधिकारी, एसपी कोइराला, डा.गीता त्रिपाठी लगायतका साथमा मुक्तक तथा गजल सङ्ग्रहको लोकर्पण गरिएको थियो । उहाँहरूले स्रष्टा पौडेललाई नविनतम् कृतिका लागि बधाइ तथा शुभकामना दिनुभएको थियो ।
दुइ दशकदेखि गजल लेखनमा पनि कलम चलाउँदै आउनुभएकी पौडेल पछिल्ला एक दशकदेखि मुक्तक लेखनमा पनि नियमित कलम चलाउँदै आउनुभएको छ । प्राध्यापन पेशामासमेत सक्रिय सुशीला पौडेलका चार दर्जन गीत रेकर्ड भइसकेका छन् । गीत लेखनका क्षेत्रमा परिचित रहनुभएकी पौडेलको ‘तृषा’ नामक उपन्यास लोकप्रिय मानिन्छ ।






