सुमनको निर्देशनमा ‘छोराछोरी बिदेशी भूमिमा…’ (भिडियोसहित)

काठमाडौं,
असार १९ ।

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत ‘छोराछोरी बिदेशी भूमिमा’को भिडियो यतिबेला दर्शकमाझ ल्याउनुभएको छ । आफू सात वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेख्नुभएको हो ।

गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाउनुभएको छ । जसमा सरोज प्याकुरेलको सङ्गीत, मनोहर सुनामको सङ्गीत संयोजन, भोला पौडेलको मिक्सिङ छ ।

यो गीतको भिडियोलाई उहाँले सम्राट क्रियसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरिएको छ ।

https://www.youtube.com/watch?v=U3iA4h991lE

गीतबारे निर्देशक तथा गीतकार सुमन दाहालले भन्नुभयो,‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’
मूलत यो गीतमा छोराछोरी बिदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै बिदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग, उत्सब उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन छ । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो ।

भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उहाँहरूलाई त्यहाँ रहेका बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाले साथ दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार