काठमाडौं,
असार १९ ।
शर्मीला बर्देवाको स्वरमा रहेको गीत ‘यो मुटुको धड्कनले…’ सार्वजनिक भएको छ । शनिबार गायिका बर्देवाकै च्यानल शर्मीला बर्देवा अफिसियलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । भिडियाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन प्रभु गुरुङको हो ।
युकेका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्वय सलिना थापामगर र सरोज केसी फिचर हुनुहुन्छ । एसबी म्युजिक वल्र्डको प्रस्तुति रहेको गीतको निर्मातामा सरोज परियार हुनुहुन्छ भने कल्याण सिंहको कम्पोज छ ।
रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गर्नुभएको हो । गीतको मिक्सिङ प्रदीप जोशीले गर्नुभएको हो भने दिनेश श्रेष्ठको एरेन्ज छ । नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोमा सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा हुनुहुन्छ ।






