६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान

काठमाडौं,
असार १६ ।

नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गर्नुभएको हो ।

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा चैत्यदेवी सिंह, मोहनलाल सराफ, गौरीशंकर धुजु श्रेष्ठ, नरेन्द्रबहादुर खड्का क्षेत्री, अर्जुनजंग शाही, रविप्रसाद गिरी (रविन गिरी), सानुकुमार ताम्राकार, ऋद्धिचरण श्रेष्ठ, राजाराम पौडेल, सन्तोष पन्त, मन्दिल श्रेष्ठ, उज्जवलप्रसाद घिमिरे, पवनप्रसाद मैनाली, भुवन केसी, सुन्दरलाल श्रेष्ठ, शिव ढकाल, विरेन्द्रनारायण श्रेष्ठ, किरणकुमार केसी,( जुजुभाइ महर्जन (जय श्रेष्ठ, गणेशप्रसाद उपाध्याय खनाल, मदन घिमिरे, प्रकाशचन्द्र सुबेदी, नानीबाबु महर्जन, उत्तम केसी, अर्जुन श्रेष्ठ, गोपालकाजी कायस्थ, राजेन्द्र शर्मा शलभ, दिनेशराज दहाल (डिसी), धिरन शाक्य (धिरेन शाक्य), रुद्रप्रसाद पन्त (आर.पी. पन्त), हिमालबहादुर के.सी., सुशील पोखरेल, डा. भोलाप्रसाद रिजाल, दयाराम दाहाल, बनिषविक्रम शाह, नरेन्द्र महर्जन, माधवप्रसाद थपलिया, लक्ष्मणविक्रम बस्नेत, कुलबहादुर महत (जेठा दाई), उद्धवराज भट्टराई, कमलकान्त सेढाई, ज्योतीलाल राना, मनोजकुमार आचार्य, मुकुन्दकिशोर भट्टराई, किशोरकुमार ढकाल, नारायण प्रधान, उत्तम द्वा, शिवहरी नेपाल ‘वैरागी’ चिरञ्जीवी बस्नेत,दीर्घवीर गुरुङ, लव वैष्णव (शर्मा), मनोजकुमार केसी, केशवप्रसाद पण्डित ‘शुरवीर’, रिता राना (रितु), सपना श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, रामकाजी घिमिरे, विकासराज आचार्य, विजय देउजा, ज्ञानेन्द्रबहादुर देउजा, मदनमान पति बज्राचार्य, राजकुमार पोखरेल रहनुभएको छ ।

कार्यक्रममा परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमासमेत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार