वेव सिरिज ‘सन्ध्या’ निर्माण हुने

काठमाडौं,
असार ५ ।

वेव सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा शुभमूहुर्त गर्दै वेव सिरिज ‘सन्ध्या’ निर्माणको घोषणा गरिएको हो । यसको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिदै छ । आइतबार गरिएको मुहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार निर शाह, हिउँवाला गौतमको उपस्थिति थियो ।

रामजी राउतको निर्देशन रहने यो वेव सिरिजमा निर, शोभित र हिउँवालाका अलवा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

वेब सिरिज सन्ध्यालाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नवीन निरौलाको सम्पादन रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार