काठमाडौं,
जेठ २९ ।
साहित्यकार तथा गीतकार ज्ञान्दरी कैनी भट्टको गीत ‘सागर को छाल’को भिडियो सार्वजनिक भएको छ । मिलन नेवारको स्वर, सागर अधिकारी ‘शरद’को संगीत, संजय श्रीपालीको एरेञ्ज र कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सागर अधिकारी ‘शरद’को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
सुरेन बस्यालको निर्देशन रहेको गीतको भिडियोमा महेश खडका, रवीना केसी र शिला गजुरेललाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।
स्रष्टा ज्ञान्दरी कैनीको केही समय पहिला गजल संग्रह ‘मञ्जरी’ सार्वजनिक भएको थियो । सोही एल्वममा रहेको गीत ‘सागर को छाल’को भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समय साहित्य लेखनमा सक्रिय कैनीको यो पहिलो सार्वजनिक गजल संग्रह एल्बम हो । कैनीका गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा सक्रिय कैनी साझा प्रकाशनलगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।






