काठमाडौं,
जेठ २५ ।
‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गोसले नेपालको पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा बर्णन गर्न नसकिने रहेको बताउनुभएको छ । जीवन एक उपहार हो भन्ने कुरा पशुपतिनाथ मन्दिरमा आएपछि आफूलाई महसुस भएको उहाँको भनाइ थियो ।
केहीदिन अगाडि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ मा निर्णायकको रुपमा सहभागी हुन नेपाल आउनुभएका भार्गाेसले पशुपतिनाथ भ्रमणपछि भन्नुभयो, ‘जीवनको सुरुवात हाम्रो नियन्त्रणमा हुँदैन । तर, यसबीचमा उतारचढाव निरन्तर आफूलाई पुनर्जीवित गराउँने परिघटना हुन् ।’ उहाँले पशुपतिनाथ भ्रमण र नेपाल भ्रमणको अवसर दिएकोमा ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ का आयोजक सुनर्वि इन्टरनेसनल र त्यसका निर्देशक डा. सन्तोष उपाध्याय प्रति आभारसमेत ब्यक्त गर्नुभयो ।
प्रतियोगीतामा भाग लिन भार्गोसका साथ एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर)समेत नेपाल आउनुभएको थियो ।
नेपाल भ्रमणको क्रममा उहाँहरूले पशुपतिनाथ, स्वयम्भु, बौद्ध, पोखरा, घलेगाउ लगायत भ्रमण गर्नुभएको थियो । बिभिन्न ठाउँ भ्रमणको क्रममा बिभिन्न अनुभति भएको बताउनुभएका उहाँहरूले नेपाल निक्कै बलियो शान्तिको भुमि भएको आफूहरूले अनुभुती गरेको बताउनुभयो । नेपालको सुन्दरताको समेत प्रशंसा गर्नुभएका उहाँहरूले एन्जाईटीसँग जुधिरहेका मानिसका लागि नेपाल उपयुक्त गन्तव्य भएकोसमेत सुझाउनुभयो ।
उहाँहरुको नेपाल भ्रमण नेपाल पर्यटन बोडको फ्यान ट्रिम अन्तर्गत टर्किस एयलाइन्स र नेपाल एयलाइन्सको सहयोेगमा भएको थियो । उहाँहरू मंगलबार स्वदेश फर्किनुभएको थियो ।






