‘वेलकम टु हेम्जाकोट’को ‘मायाको रेडियो…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ २५ ।

चलचित्र ‘वेलकम टु हेम्जाकोट’ मा समाबेश गीत ‘मायाको रेडियो…’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको चलचित्रको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचरिङ गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको सङ्गीत र प्रज्वल अधिकारीको शब्द छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र सम्बन्धि विभिन्न व्यक्तिहरूले आ-आफ्ना भनाई राखेका थिए ।

तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा बिनोद, अम्बिका, सुजैरा, अस्मिताका साथमा बुद्धि तामाङ, शारदा गिरी, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय छ ।

प्रवीण राई, रिता परियार, रमेश चापागाईं, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईं, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको चलचित्रमा दीर्घ गुरुङको छायाँकन छ ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार