दरबारमार्गमा ‘लालदरबार लाउञ्ज एण्ड रेष्टुराँ’ सञ्चालनमा

काठमाडौं,
जेठ ११ ।

दरबारमार्गमा यसै सातादेखि एउटा नयाँ लाउञ्ज ‘लालदरबार लाउञ्ज एण्ड रेष्टुराँ’ सञ्चालनमा आएको छ । होटल याक एण्ड यतिको पछाडि एस ट्राभलबाट भित्रको लोकेशनमा सञ्चालनमा आएको यो लाउञ्ज ईन्टरनेशनल मोडल दीपक घिमिरे, युवा उद्यमि अनिल श्रेष्ठ लगायतका युवाहरूले मिलेर सञ्चालनमा ल्याउनुभएको हो । उक्त लाउञ्जको यसै साता सफ्ट ओपनिङ गरिएको छ ।

सफ्ट ओपनिङको क्रममा लोकप्रिय गायक सुगम पोखरेलले लाईभ प्रस्तुति दिनुभएको थियो । लाउञ्जको सफ्ट ओपनिङमा विभिन्न चर्चित अनुहारहरूको समेत उपस्थित थियो ।

‘जेठ १३ गते शुक्रवार पनि एक जना लोकप्रिय गायकले आफ्नो प्रस्तुति दिँदै हुनुहुन्छ, लाउञ्जका सञ्चालक मध्येका एक मोडल दीपक घिमिरेका अनुसार हरेक वर्ग तथा उमेरका व्यक्तिहरुलाई लक्षित गर्दै यो लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

सञ्चालक सुमन श्रेष्ठका अनुसार लाल दरबार लाउञ्जले खानामा पनि विशेष ध्यान दिएको छ । ‘हाम्रो लाउञ्जमा हरेक प्रकारका खानाहरू उपलब्ध छन् । यी खाना बनाउनका लागि हामीले काठमाडौंका राम्रा राम्रा सेफहरू ल्याएका छौं’, उहाँले भन्नुभयो ।

श्रेष्ठका अनुसार लाउञ्जमा शान्त वातावरणमा खानपिन गर्ने, नाचगानमा रमाउनेदेखि साथीभाइको ह्यानआउट गर्ने उपयुक्त थलोको रुपमा विकसित गरिएको छ । लाउञ्जमा हरेक दिन लाईभ ब्याण्डले साङ्गीतिक प्रस्तुति दिइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार