‘फर्गेट एस्टर्डे’को लोकार्पण

काठमाडौं,
जेठ ९ ।

साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा आइतबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजना गरेको समारोहमा कवि मीना श्रेष्ठको दोस्रो कविताकृति ‘फर्गेट एस्टर्डे’को लोकार्पण भएको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका अर्का अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणा रहनुभएको थियो ।

कवि मीना श्रेष्ठको कविताकृति ‘फर्गेट एस्टर्डे’ माथि वरिष्ठ साहित्यकार अशेष मल्ल र साहित्यकार बबिता बस्नेतले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

सोही कार्यक्रममा लेखक शान्ता चौधरीले आफ्नो मन्तव्यसहित लोकार्पित कृतिभित्रको कविता ‘म शान्ता चौधरी’ वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा कवि एवम् पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले विमोचित कृति भित्रका एक/एक ओटा कविता वाचन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार