काठमाडौं,
जेठ ७ ।
सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को सिनेमाघरमा आउने मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट चलचित्र देशभरका सिनेमाघरमा आउने जानकारी दिएको हो ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो । सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, सलोन बस्नेत, जेवी डिसी र अभिनेत्री कस्मिरा लामालाई फिचर्ड गरिएको छ ।
हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । चलचित्रमा अनुपम द्धिवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहनुभएको छ ।
सिनेमामा सरोज खनाल, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुसाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय छ ।
सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको सङ्गीत र मित्र डी गुरुङको सम्पादन छ ।
चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ । चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ ।






