राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं,
वैशाख २५ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मंगलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

अन्य समाचार