सिनेमाघरमा ‘लक्का जवान’ र ‘षट्कोण’

काठमाडौं,
वैशाख २३ ।

आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘लक्का जवान’ र ‘षट्कोण’ प्रदर्शनमा आएका छन् । ‘लक्का जवान’लाई कलाकार शिवहरि पौडेलले निर्देशन गर्नुभएको हो । उहाँको यो डेब्यु चलचित्र हो । शिवहरिले दशक बढी समयसम्म जिरे खुर्सानीलगायत टेलिसिरियल निर्देशनसँगै अभिनय गर्दै आउनुभएको थियो ।

चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, स्व. जयनन्द लामालगायतको अभिनय छ ।

बाबुल गिरीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा अन्सुया श्रेष्ठको अलवा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ निर्माताको रूपमा रहनु भएको छ ।

यस्तै चलचित्र ‘षट्कोण’मा अभिनेता कर्माको मुख्य भूमिका रहेको छ । कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिनुभएको छ । चलचित्रमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, बिराज कडरिया, शिशिर लिम्बु वानेम र बालकलाकार असिम लामाको पनि अभिनय छ ।

मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’लाई क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को व्यानरमा निर्माण गरिएको हो । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेख्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार