काठमाडौं,
वैशाख २० ।
दोस्र स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको छ । स्पाईनी मुभिजको आयोजनामा राजधानीमा एक समारोहबीच दोस्र स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको हो । स्पाइनी मुभिज प्रा.लि.को प्रस्तुतिमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म अन्तर्राष्ट्रिय फेष्टिवल २०२२ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरूबाट लामा तथा छोटा चलचित्रको सहभागीता थियो ।
पुर्व रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र गीत सङ्गीतलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । स्पाईनी ब्याब्लर अर्थात काँडे भ्याकुरको नामबाट सञ्चालन गरिएको यस फेष्टिवलको उद्देस्य विश्वकै दुर्लभ चरा जो नेपालमा मात्रै पाईने र यसैको माध्यमबाट पनि हामी नेपाललाई चिनाउन सक्छौं भन्दै स्पाईनी मुभिजले विगत दुई वर्षदेखी स्पाईनी ब्याब्लरको नामबाट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको फेष्विल अध्यक्ष डा. हुस्नेद आजादले जानकारी गराउनुभयो ।
फिचर फिल्मतर्फ ६ वटा र सर्ट फिल्मतर्फ नौ वटा गरी कुल १५ विधामा अवार्ड वितरण गरिएको थियो भने अन्तर्राष्ट्रिय विधामा अवार्ड जितेका फिचर फिल्म तथा सर्ट फिल्महरूको नाम मात्र उल्लेख गरिएको थियो । कार्यक्रममा गीतकार रमेश दाहाल, नायक संजीत भण्डारी, पत्रकार राजन थापा, सौन्दर्यविद् अनिता घिमिरे लगायतका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।
में १ अर्थात एवम् विश्व श्रमदिवशको अवसर पारेर आईतबार नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय, गोरखा पोल ब्रेकर्स संघ नेपालका अध्यक्ष उद्धव नारायाण श्रेष्ठ, सञ्चारकर्मी तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार बाबुराम सिंग्देल, कुबेर गिरी, विष्णु सुवेदी, निर्देशक जनक खकुरेल, अभिनेता श्रीदेब भट्टराई, बरिष्ठ पत्रकार एवम् गीतकार भरत बम्जन, समाजसेवी सोमा खत्रीलगायत चलचित्र तथा गीत सङगीत, पत्रकारिता लगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वको सहभागिता थियो ।
अन्तराष्ट्रिय विधातर्फ अवार्ड विजेताहरुः
१. सर्वोत्कृष्ट कथा : थालापिझा (सैनीई दिपक म्याथिउ )
२. सर्वोत्कृष्ट छायांकार : क्रो (आलि अक्बर खोदासेनास)
३. सर्वोत्कृष्ट निर्देशक : हीरो (रोडेन पिंगोल रामोस)
४. सर्वोत्कृष्ट फिल्म : हीरो (लाइट मून प्रोडक्शन)
राष्ट्रिय लघुचलचित्र विजेताको नामावली
१. सर्वोत्कृष्ट मोटिभेसनल कथा /स्क्रिप्ट : बलिदान (रोशन परजुली र मुरलीधर आचार्य
२. सर्वोत्कृष्ट कथा/पटकथा : मातृ (प्रशन्न मल्ल)
३. सर्वोत्कृष्ट इन्सपाईरिङ छायाँकार : बलिदान (केदार राय)
४ सर्वोत्कृष्ट छायाँकार : दामलो (दीप चंद्र ठाकुरी)
५. सर्वोत्कृष्ट सम्पादक : अंतक (अशोक पाठक)
६. सर्वोत्कृष्ट मोटिभेसनल लघुचलचित्र : बलिदान
७. सर्वोत्कृष्ट प्रेरणादायक लघुचलचित्र : भिन्नता (गणेश उपाध्याय)
सर्वोत्कृष्ट लघुफिल्मः भ्रम (आशुका आर्यल)
सर्वोत्कृष्ट निर्देशकः आइसक्रीम (संगीता श्रेष्ठ)
राष्ट्रिय फीचर फिल्म विजेताको नामावली
१. सर्वोत्कृष्ट फिल्म : टुल्की (शेखर लामा र आर.पी. कर्मचार्य )
२. सर्वोत्कृष्ट निर्देशक : प्रेम गीत-२ भोजपुरी (सोनू खत्री )
३ सर्वोत्कृष्ट अभिनेता : घ्रान (सागर घिसिङ)
४. सर्वोत्कृष्ट अभिनेत्री : लोभिपापी (कृति बनियाँ)
५. सर्वोत्कृष्ट कोरियोग्राफर : घ्रान (अजय स्यांङ्तान)
६. सर्वोत्कृष्ट सम्पादक : लोभी पापी (बन्दे प्रसाद)
जूरी सदस्य
१. माधब राज खरेल : चलचित्र निर्देशक (जूरी संयोजक)
२. डब्बू क्षेत्री : गीतकार/पत्रकार
३. इनु थापा : फेशन डिजाइनर
४. दीपक शर्मा : संगीतकार
५. कमल अधिकारी : गीतकार
६. राजेन्द्र बाजगाई : संगीतकार
७. जीवन थापा : निर्देशक तथा अभिनेता
८. केदारनाथ पौडेल : निर्देशक तथा लेखक
९. पूर्ण राई : गायक
१०. मनोज परियार : साउन्ड डिजाइनर
११. लिगेश भट्टराई : अभिनेता /मोडल






