स्थानिय निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

काठमाडौं,
वैशाख १५ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आज दोस्रो तथा अन्तिम दिन हो । हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो ।

आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । १३ गते साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।
आज साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते (भोलि)साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।
बिहीबार साँझ नामावली प्रकाशन गरेपछि उम्मेदवारी फिर्ताका लागि शुक्रबार एक दिन दिइने छ । शनिबार आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी उम्मेदवार रहेका छन् भने सवैभन्दा कम उम्मेदवार सुदूरपश्चिममा रहेका छन् । यस्तै पार्टीगत रुपमा नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी परेको छ ।

यसमा तपाइको मत

अन्य समाचार