काठमाडौं,
वैशाख १३ ।
र्याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको छ । सुनम घले र रुथलेस को र्याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको हो । रुथलेस कै बिट, मिक्सङ तथा माष्टरिङ रहेको ‘आमा’मा रुथ अनि रेबोजिको स्वर छ । रेबोजि घले युट्युमार्फत सार्वजनिक भएको टिजरमा आमा र छोराको मायालाई दर्शाउन खोजिएको छ ।
https://www.youtube.com/watch?v=u4g5XBpIGwc
नेपाली र्याप गीतका लोकप्रिय म्युजिक प्रोड्युसर रुथलेस जसले भिटेन, ग्रीष खतिवडा, मिष्टर डीसँग काम गरिसक्नु भएको छ । यस्तै रेबोजिका पनि ‘कहानी’, ‘हिरो’, ‘सान’लगायत र्याप गीत युवामाझ लोकप्रिय छन् । यो ‘आमा’ गीतमा पहिलोपटक रेबोजि र रुथले सहकार्य गर्नुभएको हो ।
गीतको भिडियो यही वैशाख २९ गते रेबोजि घले युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ । गीतको भिडियोमा मञ्जु श्रेष्ठ, युगज्योति क्रियाशील, रुथलेस, सुनम घले, दर्शिल पन्त, विजय खत्रीको अभिनय छ ।






