एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं,
वैशाख ९ ।

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनुभयो ।

शुक्रबार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो ।

एमालेले शुक्रबार नेपाल कम्युनिस्ट दिवसको अवसर पारेर १७ बुँदे कार्यक्रमसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । जहाँ उद्यमशीलता, रोजगारी, कला, संस्कृति लगायत विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

यस्तो छ घोषणा पत्रको पूर्ण पाठ

स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)

 

यसमा तपाइको मत

अन्य समाचार