सौगातमान सिङ र अनुप विक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम

काठमाडौं,
वैशाख ८ ।

अभिनेता अनुप विक्रम शाहीले एक एडभेन्चर शोको होष्ट गर्ने हुनुभएको छ । उहाँले होष्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहनुभएको छ ।

विभिन्न पर्यटनसम्बन्धी यात्रा गराउने उद्देश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उद्देश्यले अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा पाँच भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्याण्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप विथ माउण्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताउनुभएको छ ।

स्टुडियो कृयो र ब्राण्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारिक कार्यक्रममार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउण्टेन क्लाम्बिङ, मोटरबाइकिङ, माउण्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरू खेलाउँदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताउनुभयो ।

‘शोमा थुप्रै पिकहरू चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ सौगातले भन्नु भयो, ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’ शोका लागि टेलिभिजनसमेत फिक्स गर्ने तरखरमा आफू रहेको निर्देशक सौगातले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार