चलचित्रकर्मी करण श्रेष्ठ लोसपाको बाग्मती प्रदेश अध्यक्षमा नियुक्त

काठमाडौं,
चैत १४ ।

नेपाली चलचित्रका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बागमती प्रदेश अध्यक्षमा नियुक्त हुनुभएको छ । गत वर्ष उपाध्यक्षमा मनोनित हुनुभएका श्रेष्ठ यसवर्ष अध्यक्षमा नियुक्त हुनुभएको हो ।

आफूले पाएको जिम्मेवारी कटिबद्ध भएर निर्वाह गर्ने करणले बताउनुभयो । ‘मलाई विश्वास गरेर पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्नेछु’ करणले भन्नुभयो ‘म स्थानीय निर्वाचन लक्षित कार्यक्रममा आजबाटै जुटिसकेको छु ।’

करिब आधा दर्जन चलचित्र निर्माण गरेका करणले थुप्रै चलचित्र अभिनयसमेत गर्नुएको छ । पछिल्ला समय उहाँ चलचित्र वितरकको रुपमा सक्रिय रहँदै आउनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार