चितवनको भरतपुरबाट‘नजाउ छोडी’को छायांकन सुरु

काठमाडौं,
चैत १४ ।

नयाँ नेपाली चलचित्र ‘नजाउ छोडी’ को छायांकन सुरु भएको छ । अमर वलीको निर्देशन रहने यो चलचित्रको गएको शनिबारदेखि चितवनको भरतपुरबाट छायांकन सुरु भएको बताइएको छ । छायांकन अगाडि चलचित्रको मुहूर्त गरिएको थियो ।

ए.डी.पिचार्स प्रालिको प्रस्तुति रहेको चलचित्र ‘नजाउ छोडी’ का निर्माता लीला डाँगी, प्रस्तुत कर्ता राज बर्मा, सहनिर्देशक दीप्तप्रकाश अधिकारी हुनुहुन्छ । चलचित्रविशुद्ध प्रेममा आधारित रहेर निर्माण गर्न लागिएको निर्देशक वलीले बताउनुभएको छ ।

चलचित्रमा तिलबहादुर कार्की, सिद्धान्त बोहरा, प्रवीन एनबि, रुपक बुढाथोकी, सनिया खान, प्रेम खड्का, प्रितिमा शर्मा, बलु राना, दिनेश पाठक, लोकबहादुर रसाइलीलगायत अभिनय रहनेछ ।

यसअगाडि ‘धर्ती पुत्र’ लगायत केही चलचित्र निर्देशन गर्नुभएका वलीले थुप्रै म्युजिक भिडियो निर्देशन गर्नुभएको छ । छायांकार शिवशरण न्यौपाने, शृंगार गीतञ्जलि योगी, द्वन्द्व कुमार महर्जनको रहने चलचित्रमा संगीत सन्तोष श्रेष्ठको छ ।

यसमा तपाइको मत

अन्य समाचार