काठमाडौं,
चैत ९ ।
पर्यटन व्यावसायी राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षीय सर्राफको उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएको हो । उहाँको पार्थिव शरीर बुधबार नै काठमाडौं ल्याउने तयारी गरिएको छ । दिउँसो पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सर्राफका दुई छोरा उमेश र अरुण हुनुहुन्छ । सर्राफले नेपाल र भारतमा ठूला होटल सञ्चालनमा ल्याएउनु भएको थियो । उनले सन् १९७७ मा काठमाडौको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोल्नुभएको थियो । उहाँले हङकङमा समेत व्यापार गर्दै आउनु भएको थियो ।






