काठमाडौं,
फागुन २९ ।
गीतकार डीआरको नयाँ आधुनिक गीत ‘नजाउ परदेश’ सार्वजनिक भएको छ । उदय सोताङ र मनिला सोताङको स्वर, सङ्गीतकार एवम् चित्रकार ज्योतिप्रकाशको सङ्गीत र विष्णु अधिकारीले सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=KUwD02x7264&feature=emb_logo
ओपल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गोविन्द अन्जानले निर्देशन र चक्र बरालको छायांकन रहेको गीतको भिडियोमा अञ्जना दवाडी तथा मुहेश खड्कालगायत कलाकारको अभिनय छ । गीतमा परदेशमा गएर दुःख भोगेमा आम मानीसका जीवनका यथार्थ पीडा समावेश गरिएको गीतकार डीआरले बताउनुभयो ।






