युवराज र अनुष्काको स्वरमा ‘छुटे पछि त छुट्यो छुट्यो…’ (भिडियोसहित)

काठमाडौं,
फागुन २२ ।

युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘छुटे पछि त छुट्यो छुट्यो…’ सार्वजनिक भएको छ । युवराजकै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । दीपीका रिमाल थापाको शब्द रहेको गीतमा युवराजकै सङ्गीत छ भने युवयराज पौडेलको एरेञ्ज छ ।

छुट्न मन नहुँदानहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले भनेको छ । प्रेम छुटेपछिको परिकल्पना गर्दै त्यसले दिने पीडा गीतका शब्दहरूले भनेका छन् ।

भुषण दाहालले निर्देशन गरेको गीतको भिडियोमा युवराज र अञ्जली अधिकारीको अभिनय छ । कुमार कटुवालको छायांकन रहेको भिडियो पदम तिमलसिनाको सम्पादन छ ।

 

यसमा तपाइको मत

अन्य समाचार