आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं,
फागुन २२ ।

आज (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा. भरतराज गौतमले जानकारी गराउनुभएको छ ।

त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।

नेकपा एमालेको अवरोधका कारण विगत लामो समयदेखि संसदका बैठकहरू निष्प्रभावी बन्दै गएका छन् । एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दे आएको छ । यद्यपि महत्त्वपूर्ण भनिएका बजेट, एमसिसी लगायतका विषयहरू भने सरकारले अवरोधकै बीच पारित र अनुमोदन भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार