काठमाडौं,
१८ फागुन ।
साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आउनुभएका पाल्पालीको मंगलबार राति भक्तपुरको सिपाडोल स्थित आफ्नो निवासमा निधन भएको हो । उनको मंगलवार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँ नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पत्रकारितामा पनि सक्रिय हुनुुहुन्थ्यो । उहाँ कानुन व्यवसायीसमेत हुनुहुन्थ्यो । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।






