चैतमा खुला दोहोरी गीत प्रतियोगिता हुँदै

काठमाडौं,
फागुन १२ ।

‘राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता’ आयोजना हुनेभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्दै आइरहेको यो प्रतियोगिता यस वर्ष चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ ।
हरेक वर्ष आयोजना हुने दोहोरो गीत प्रतियोगिता कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष भने स्थगित भएको थियो । प्रतिष्ठानले सूचना जारी गर्दै इच्छुक प्रतियोगी कलाकार र समूहहरूलाई चैतको पहिलो साताभित्र आ–आफ्नो नाम दर्ता गर्न भनेको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगितामा काठमाडौं बाहिरका प्रतियोगीलाई क्वार्टर फाइनल प्रवेश गरेपछि आयोजकका तर्फबाट खाने बस्ने व्यवस्था गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार