भीष्मराज फुलाराको चौथो कृति ‘वासुदा’ लोकर्पण

काठमाडौं,
फागुन १० ।

गीतकार तथा साहित्यकार भीष्मराज फुलाराको चौथो कृति ‘वासुदा’ हालै राजधानीमा आयोजित एक कार्यक्रम बीच लोकार्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि गीतकार तथा साहित्यकार डा. नवराज लम्साल, विशेष अतिथि एटर्नी एट ल, अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले उपन्यास सार्वजनिक गर्नुभएको हो भने उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले लोकार्पण पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यासमा मूल पात्र वासुदामा एकैपटक देखिएका चुनौतीहरूको सामना गर्ने साहश भएका कारण जीवन सफल भएको कथा बुनिएको छ । वासुदाको संघर्षमा साथ दिने अन्य पात्रहरूलाई पनि महत्वपूर्ण रुपमा प्रस्तुत गरिएको छ । फुलारा लिटरेचर फाउन्डेसन नेपालद्वारा प्रकाशित दुई सय ४३ पुष्ठको उपन्यास बाक्लो गाताको ५५० र साधारण गाताको ३५५ रुपैयाँ मूल्य राखिएको छ ।

फुलाराका यसअघि ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ अंग्रेजी पुस्तक जस्ता कृति पाठकमाझ आइसकेका छन् ।

यस्तै उहाँका ‘जुनसरी बिलाई गयौं…’, ‘कस्तो भाइरस आयो…’, ‘हमेशा…’, ‘भाग्य भित्र जीवन…’, ‘आँसु पिउदै…’लगायतका गीत लोकप्रिय रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार