फागुन १३ मा आउँदै ‘म यस्तो गीत गाउँछु-२’

काठमाडौं,
फागुन ४ ।

आउँदो फागुन १३ गते प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने तयारीमा छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको टिमले पनि प्रचारप्रसारको कामलाई अगाडि बढाएको छ । चलचित्रका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी अहिले हल-हलमा पुगिरहनुभएको छ । यसअघि कुनै पनि चलचित्र प्रदर्शन भइसकेको त्यो टिम हलसम्म पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिने गरेको देखिन्थ्यो । तर यो टिमले प्रदर्शन अघि नै हलसम्म पुग्ने बताएको छ ।

निर्देशक सुदर्शन थापाका अनुसार, चलचित्र टिमले हलमा पुगेर दर्शकसँग साक्षात्कारका विषयमा हलका कर्मचारी, म्यानेजरसँग फिल्मको व्यवसायको विषयमा चर्चा गरिनेछ । टिम काठमाडौंका मुख्य हलहरू क्यूएफएक्स सिभिल, छायाँ सेन्टर, बिग मुभिज, एफक्यूबलगायत हल पुगिसकेको छन् ।

तेस्रो चरणको कोरोना महामारीपछि रिलिज हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ फ्रेस चलचित्र हो । चलचित्र साङ्गीतिक प्रेम कथामा निर्माण भएको छ । यसअघिको ‘म यस्तो गीत गाउँछु’ चलचित्र सफल मानिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार