काठमाडौं,
फागुन १ ।
एक समयकी लोकप्रिय र ब्यस्त नायिका खुश्बु खड्काको व्यस्तता पुनः बढ्न थालेको छ । कोरोना कहरका कारण केही समय फुर्सदमा रहनुभएकी खड्का वातावरण सहज हुन थालेपछि सुटिङमा सकृय हुन थाल्नुभएको हो ।
अभिनय तथा नृत्यमा पोख्त नायिका खड्का र आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक हुँदैछ । रामकुष्ण ढकालको स्वर समेटिएको गीतको भिडियो सार्वजनिक हुने भएको हो। भिडियोलाई सुब्रत आचार्यले निर्देशन गर्नुभएको छ ।
चलचित्र हुँदै मोडलिङ क्षेत्रमा प्रवेश गरेर स्थापित नायिकाको रुपमा आफूलाई उभ्याउन सफल खड्काले केही चलचित्रमा अभिनय गरेर लोकप्रियता हासिल गर्नुभएको हो भने दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गर्नुभएको छ ।
खड्काले ‘दीपज्योति’, ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘नालायक’, ‘गोरे’, ‘जुनी’लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।






