काठमाडौं,
माघ २५ ।
साहित्यकार अर्जुन दुङमेनको कथा सङ्ग्रह ‘झुमा’ पाठकमाझ आएको छ । दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथा सङ्ग्रह पाठकमाझ ल्याउनु भएको हो । ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन् ।
दुङमेनले कथा सङ्ग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीतिप्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटनु भएको छ । झुमामा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमको शुभकामना रहेको छ । साहितयकार गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गर्नुभएको छ ।
खोटाङ लिखुवापोखरीका दुङमेनको यो चौथो कृति हो । यसअघि उहाँका ‘आधुनिक कप्युटर विज्ञान’, कथा सङ्ग्रह ‘घुम्तीबीचका पर्खालहरू’ र गीतिसङ्ग्रह ‘जीवन यात्रा’ प्रकाशित छन् । यस्तै, आमा (संस्मरण), जीवन यात्रा भाग -२ (गीति एल्बम), अफसोच (गजल सङ्ग्रह) उहाँका प्रकाशोन्मूक कृति रहेको उहाँले बताउँनुभयो ।






