काठमाडौं,
माघ २५ ।
चलचित्र ‘म’को छायांकन सकिएको छ । सुरु भएको २६औं दिनमा चलचित्रको छायांकन सकिएको चलचित्रका निर्देशक सुवर्ण थापाले जानकारी गराउनुभयो ।
कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअगाडि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन गरिसकेको चलचित्र ‘म’ को पुनः टिम र कलाकार परिवर्तन गरेर गत महिनाबाट छायांकन थालेको थियो ।
चलचित्रसम्बन्धी अध्यापन गराउँदै आएको चलघचत्र स्कुल कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाइली, नरेन खढ्का, सरोज खनाल र सरिता लामिछानेको मुख्य भूमिका छ । चलचित्रको निर्माता विमला हुमागाइँ र पदम पुरी हुन् भने छायांकन तेन्जिङ पाल्देनले गर्नुभएको छ ।
अहिलेको ओमिक्रोन र सरकारको निषेधाज्ञाकै बाबजुत सम्पूर्ण टिमको सहयोग र पहलले नै चलचित्रको छायांकन सम्भव भएको चलचित्र ‘म’ का स्क्रृप्ट राइटर तथा कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिनुभयो । चलचित्रको अधिकांश सिनहरूको अनलाइन इडिटिङ भइसकेको र सबै माहोल राम्रो भएमा चलचित्र आगामी जेठ महिनामा रिलिज गरिने निर्माण टिमले बताएको छ ।






