सुमनको निर्देशनमा ‘शंका’

काठमाडौं,
माघ १५ ।

अमेरिकामा रहेर चलचित्र, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा लघु चलचित्र ‘शंका’ सार्वजनिक गरिएको छ । यो छोटो चलचित्र सम्राट क्रियसन युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

चलचित्रको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । चलचित्रमा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतको अभिनय छ ।

चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो चलचित्रमा सन्दिप अर्यालले व्यवस्थापनको काम गर्नुभएको छ । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व सङ्गीत रहेको चलचित्रमा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गर्नुभएको छ ।

श्रीमान–श्रीमती बीचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता चलचित्र निर्देशन गर्नुभएका सुमन नेपाल चलचित्र निर्देशक समाजका पुर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार