काठमाडौं,
माघ १५ ।
गायक तथा सङ्गीतकार कन्हैयासिंह परियारको आधुनिक गीत ‘छोडी गयौ मलाई किन…’ सार्वजनिक भएको छ । ज्योति प्रकाशको शब्द रचना तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा माया–प्रेम, मिलन–विछोडलाई निकै मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको छ । कन्हैयासिंहकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकार तथा मोडल अपेक्षा सिंह, रुडी शर्मा र रमेश आचार्यलाई फिचरिङ गरिएको छ ।
लामो समयदेखि गीत-सङ्गीत क्षेत्रमा सक्रिय कन्हैयाको ‘छोडी गयौ मलाई किन…’ को भिडियो अमेरिकाको न्युयोर्क सहरका विभिन्न स्थानमा छायांकन गरिएको हो । गीतको निर्देशन, छायांकन तथा सम्पादन भने ओम कर्माचार्यले गर्नुभएको छ ।






