थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

काठमाडौं,
माघ १२ ।

बुधबार थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार ८८३ जना गरी आठ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ५४ हजार ८८ पुगेको छ ।

देशभर पछिल्लो समय सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । जसमध्ये एक हजार ८१९ संस्थागत र ८८ हजार २४८ जना होम आइसोलेसनमा छन् । यस्तै २५१ जना आइसियु र ४८ जना भेन्टिलेटर उपचाररत् छन् ।
पछिल्लो समय चार हजार ४३३ जना संक्रमणमुक्त छन् । योसँगै आठ लाख ३१ हजार ७१२ जनाकोरोना संक्रमण मुक्त भएका छन् ।

थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा बुधबार थप दुई हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ०४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार