थप १२ हजार आठ जनामा कोरोना पुष्टि, आठको मृत्यु

काठमाडौं
माघ ११ ।

मंगलबार १२ हजार आठ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पिसिआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।

पछिल्लो समय देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै आठ लाख २७ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

थप आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा चार हजार ८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार