पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौं,
माघ ६ ।

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । परिवारले दिएको जानकारी अनुसार बिहीबार बिहान तीन बजे उपचारका क्रममा उहाँको निधन भएको हो । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

दुई साता अघिदेखि रुघा-ज्वरो आए पनि उहाँ घरमै आराम गरिरहनुभएको थियो । अछामको रामारोशन गाउँपालिका घर हुनुभएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा हुनुहुन्छ । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य समेत रहनुभएका विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार