काठमाडौं,
माघ २ ।
निलमणी भण्डारीको स्वर तथा सङ्गीतमा रहेको गीत ‘अपाङ्ग जीवन’ सार्वजनिक भएको छ । भण्डारीको आफ्नै जीवनीमा आधारित ‘अपाङ्ग जीवन’को भिडियो सार्वजनीक भएको हो ।
भण्डारीकै शब्द रहेको गीतमा राकेश सोनीको एरेञ्ज छ । सिवानी पोखरेलको निर्देशन रहेको भिडियोमा गायककै जीवनमा घटेको घटनालाई देखाइएको छ । भिडियोमा भण्डारीसँगै अन्य कलकारको अभिनय रहेको छ ।
भिडियोमा सरोज सिंहको छांयाकन, हिमाल चैसरको सम्पादन यमुना पाण्डेको मेकअप छ । भिडियो चादनी नामक अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको सम्पूर्ण कार्य प्रिज्म डिजीटल स्टुडियोमा गरिएको छ ।






