‘प्रचण्ड’लाई कोरोना संक्रमण

काठमाडौं,
पुस २४ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ । शुक्रबार बेलुकी गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । हाल उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

‘अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि परीक्षण गरिएको थियो । यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराउदछौं ।’ प्रचण्डको सचिवालयले भनेको छ ।

यसअघि नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पार्टीका केही नेताहरूलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार