काठमाडौं,
पुस २२ ।
लोकप्रिय गायिका देविका वन्दनाको नयाँ युगल गीत ‘मौसम बेइमानी’ सार्वजनिक भएको छ । गायनमा उहाँलाई गायक कपिल कसपालले साथ दिनुभएको छ ।
राग रागिनी इन्टरटेन्मेन्ट तथा ज्योती म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा निल शाक्यको सङ्गीत तथा प्रतिमा श्रेष्ठको शब्द रचना रहेको छ भने सङ्गीत संयोजन भूपेन्द्र बज्राचार्यको छ । गीतमा राजेश महर्जन र खुश्बु खड्काको ब्याक भोकल छ ।
गीतको भिडियो आकर्षक छ । भिडियोमा सुधीर श्रेष्ठ र बिना राउतका साथमा आदर्श लामा, सुनील भुसाल, अस्मिता तामाङ, पूजा भारती, सिर्जना तामाङ, शाहिद अली, मनीष भुजेल मगर, सन्नी बम्जन, दिया शाक्य, बिकेश तण्डुकार, समिति थापा, रञ्जना मगरलगायतको अभिनय र नृत्य छ ।
सागर लोप्चन र निशिला शाक्यको कोरियोग्राफी रहेको गीतको भिडियोमा विश्वास बज्राचार्यको निर्देशन छ भने अभिषेक शाक्यको छायांकन छ ।






