काठमाडौं,
पुस २२ ।
कोरोना संक्रमण फेरि बढन थालेको छ । बिहीबार थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार २०९ जनाको पिसिआर परीक्षण गर्दा ४७८ जना र चार हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या नौ लाख २६ हजार ९२५ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ भने आठ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४३१ रहेको छ । जसमध्ये पाँच हजार ६९ जना होम आइसोलेसनमा छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा छन् । यसमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
बिहीबार काठमाडौं उपत्यकामा ३१० जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २२१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।






