काठमाडौं,
पुस १८ ।
चलचित्र ‘लाखे’मा अभिनेता रोहित रुम्बाको अभिनय रहने भएको छ । निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रुपमा शनिबार रोहितलाई भित्र्याएको हो । ‘लाखे’ कथा मन परेको कारण चलचित्रसँंग जोडिएको रोहितले बताउनुभयो । रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै चलचित्रमा अभिनय गर्नुभएको छ ।
रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र संन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै चलचित्रको लागि कलाकार पुरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिनुभयो ।
चलचित्रका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी चयन गरिएको छ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुनुहुन्छ । कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रमा गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ ।
ठूलो बजेटमा निर्माण हुन लागेको चलचित्रको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहनुभएको छ । चलचित्र २६ पुसबाट छायांकनका लागि फ्लोरमा निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिनुभयो ।






