भरतपुर,
पुस ९ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनको भरतपुरमा गायक दीप श्रेष्ठ साँझ हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली)मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीतसङ्गीतबाट दर्शक झुमाउनु हुनेछ ।
रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहनुभएका श्रेष्ठ गायकको अलवा सङ्गीतकार तथा रचनाकार पनि हुनुहुन्छ । श्रेष्ठको ‘म पत्थरको देवता होइन’, ‘म त दूरदेखि आए’, ‘हर रात सपनीमा’, ‘एउटै बाटो’, ‘उ यात्री’, ‘वितेका कुरा’लगायत थुप्रै गीत लोकप्रिय छन् ।
अभिनेत्री गौरी मल्ल, बेली डान्सर विनु शाक्यलगायत कलाकारको उपस्थिति रहने लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट ९हवेली०का सञ्चालक देवेन लोहनीले बताए । कार्यक्रममा सहभागिताका लागि आयोजकले दुई हजार रुपैयाँ शुल्क राखेको छ । जसमा वेलकम ड्रिङ्स र अनलिमिटेड स्न्याक्सको व्यवस्था रहेको आयोजक पक्षले जनाएको छ ।






