प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं,
पुस ७ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै पनि बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

आजको बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो । एमालेको चर्का नाराबाजी बीच बैठकले दुई वटा अध्यादेश स्वीकृत गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नुभएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको बताइएको छ ।

नेकपा एमालेले नवौँ अधिवेशनदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ । आफूहरूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ । एमालेको अवरोध आज पनि जारी रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार