‘मैले भन्दा माया गर्ने’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस ७ ।

सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘मैले भन्दा माया गर्ने…’ सार्वजनिक भएको छ । आरबी थापाको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुनिता बस्नेतको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा लिगेश भट्टरार्य र सारिका घिमिरेलाई फिचरिङ गरिएको छ ।

भिडियोमा उत्सवदा हालको छांयाकन तथा लिगेश भट्टराईको कन्सेप्ट तथा सम्पादन छ भने कलर राजेश कुमारको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सुनिता वस्नेतको कोरियोग्राफी रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ र म्यजिक भिडियो ‘भाग्यभित्र जीवन’ गत महिना सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार