प्रमुख प्रतिपक्षी दलको नाराबाजी बीच प्रतिनिधिसभाबाट दुई वटा अध्यादेश स्विकृत

काठमाडौं,
पुस ६ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा दुई वटा अध्यादेश स्विकृत गरिएको छ । नाराबाजी बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुईवटा अध्यादेश, यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत भएको हो ।

यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नका लागि सूचना पेस गर्नुभएको थियो ।

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । अर्को बैठक बुधबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार