मकवानपुर,
पुस ४ ।
हेटौंडा १८, हर्नामाडी स्थित ज्योति माध्यामिक विद्यालयको ५५औं विद्यालय दिवसको अवसरमा पाँचदिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ हुने भएको छ । विद्यालयको ५५औं विद्यालय दिवसकोे अवसरमा यही पुस ७ गते देखि १२ गतेसम्म सञ्चालन हुने कार्यशालामा स्थानीय र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी गराउनुभयो ।
पाँच दिनसम्म चल्ने कार्यशालामा कुन्तीश्री थापा, निलम भुर्तेल, नम्रता सिंह मोरङ, भुषण दुलाल, मुना भडेल भक्तपुर, सुजन डंगोल, तारा तामाङ, पृथ्वी श्रेष्ठ ललितपुर, राजन पन्त काठमाडौं, उद्धव रिमाल, रोशन भण्डारी नुवाकोट, राजन काफ्ले रौतहट, मेख लिम्बु धनकुटा रहनुभएका छन् भने स्थानीय कलाकारहरूमा लक्ष्मण भुजेल, चिरञ्जीवि श्रेष्ठ, सुजन राई, करिष्मा जोशीलगायत कलाकार सहभागि रहने बताइएको छ ।






